Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > लम्सालको अभिव्यक्तिमाथि विश्वप्रकाशको प्रश्न– ‘कानुनभन्दा माथि जाने समाज बनाउँदैछौँ ?’

लम्सालको अभिव्यक्तिमाथि विश्वप्रकाशको प्रश्न– ‘कानुनभन्दा माथि जाने समाज बनाउँदैछौँ ?’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वाधारमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गर्दै उनले कानुन र न्यायको सट्टा कठोर तथा अराजक सोचतर्फ समाज धकेलिन खोजिएको हो कि भनेर चिन्ता व्यक्त गरे। उनले हालै भएका टेम्पो र मोबाइल नष्ट गरिएका घटनासमेत उल्लेख गर्दै कानुनी शासन कमजोर हुन नहुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *