Home > आर्थिक समाचार (Page 25)

माङ्गुरसहितका जिउँदो माछा आयातमा लगाइएको रोक हटाउन व्यवसायीहरुको माग

बिराटनगर २० असोज माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने ब्यवसायीहरुले माग गरेका छन । माङुर माछा मानव स्वास्थ्य प्रतिकुल भए प्रमाणित गर्न नभए रोक हटाउन उनीहरुको माग रहेको छ । माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने मागगर्दै मोरङका माछा ब्यवसायीहरु पछिल्लो समय सम्बन्धित निकायका विभिन्न कार्यालयहरु धाईरहेका

Read More

चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशियो

झापा १९ असोज चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी व्यापारीले दोब्बर भाउमा बिक्रि गर्ने गरेका छन । असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु र कोभिड १९ को महामारीका कारणले बजारमा तरकारीको मूल्य बढेको छ । पूर्वमा स्थानिय स्तरमा

Read More

प्रदेश सरकारले इलामका दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामा मिल्क होलिडेको अन्त्य हुँदै

इलाम १९ असोज प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयले इलाम जिल्लाका दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामा मिल्क होलिडेको अन्त्य हुँदै गएको छ । डेरीमा गरिएको लगानीले किसानलाई मिल्क होलिडेको समस्याबाट मुक्ति मिल्नुका साथै दुध प्रशोधन गरी दुग्घ जन्य पदार्थ उत्पादनमा सघाउ पुगेको छ । इलामका दुई

Read More

करको दर घटाउने सरकारको निर्णयको व्यवसायीद्धारा स्वागत

काठमाण्डौ १७ असोज करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ ।

Read More

एक वर्षबाट केरुङ नाकामा लत्ता कपडालगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा

काठमाण्डौ १७ असोज करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडालगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन् ।  कोभिड—१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडालगायतका सामान रोकिएका छन् । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् ।

Read More

सुनसरीको बर्जुमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई विधि प्रभावकारी बन्दै

सुनसरी १७ असोज सुनसरीको बर्जु गाउँपालिका–४ हसनपुरमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई प्रभावकारी देखिएको छ । यही थोपा सिंचाइबाट ठूलो क्षेत्रमा मेवा, कगती र सयपत्री फूलको खेती गरिरहेका छन् । व्यावसायिक खेतीमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउनदेखि उत्पादन लागत घटाउन सिंचाइको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  २५

Read More

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ कार्यान्वयनमा ल्यायो

काठमाण्डौ १६ असोज नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ हिजो देखि कार्यान्वयनमा ल्याएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल हिजोदेखि लागू गरिएको पनि बोर्डले

Read More

सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

काठमाण्डौ १६ असोज सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल हिजो देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वर लगायत विभिन्न १६ स्थानमा र

Read More

मोरङको बेलबारी यलम्बर टोलकी एक महिलाले पशुपालन गरी राम्रो आम्दानी लिँदै

बेलबारी मोरङ १५ असोज मोरङको बेलबारी–६ यलम्बर टोलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेको छ । एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषकको रुपमा परिचयसमेत दिलाएको छ । सुजता आफू मात्र यो पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका

Read More

प्रयोगमा आइसकेका कागजजन्य वस्तुको सदुपयोग गरी महिलाहरु उद्यमी बन्दै

स्याङ्जा १४ असोज हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

Read More