Home > खेलकुद समाचार (Page 33)

साग महिला भलिबलमा नेपाल रजत पदकमा सीमित, भारतलाई स्वर्ण

नेपाल, १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा रजत पदकमा सीमित भएको छ । स्वर्णको लागि आज भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो । यद्यपी नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो ।

Read More

सागमा नेपाललाई २० स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २० र्पुयाएको छ । हिजो नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो । आज नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।

Read More

सागको १३ औं संस्करण भोलीबाट काठमाडौंमा, तयारी पूरा

दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण भोलीबाट काठमाडौंमा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्दै हुनुहुन्छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले हिजो बेलुकी सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा

Read More

साग भलिबलः भारतद्धारा बंगलादेश पराजित, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)

Read More

महिला भलिबलमा नेपाल भारतसँग पराजित

दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल, भारतसँग पराजित भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपाल बलियो टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । हालै मात्र सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपालका लागि भारतसँगको खेल परीक्षा थियो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा नेपालले

Read More

राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान

सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान

Read More

दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा

राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३ औं साग आयोजक समितिले आज बीमा कम्पनी आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो ।

Read More

१३ औं सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ । स्वयम्भू मन्दीर परिसरमा वरिष्ठ ओलम्पियन पूर्वधावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले टर्च हस्तान्तरण गर्नुभएको थियो । नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेका छ । पहिलो दिन

Read More

सागको सम्पूर्ण तयारी पूरा

आसन्न १३ औ दक्षिण एशियली खेलकुद (साग) मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज पत्रकार सम्मेलन गरी मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको

Read More

कुवेतसँग १-० गोल अन्तरले नेपाल पराजित

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ । भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलको झिनो अन्तरले पराजित भएको हो । चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स

Read More