Home > खेलकुद समाचार (Page 34)

बंगलादेशसँग नेपाल पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले

Read More

खेलाडी बर्खास्ती सम्बन्धमा एन्फाले थप अनुसन्धान गर्ने

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमबाट निकालिएका चार खेलाडीमाथि थप अनुसन्धान गर्ने भएको छ । विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात खेलाडी नाईट क्लबमा भेटिएको बिषयमा एन्फाले थप अनुसन्धान अघि बढाउने भएको हो । खेलाडीको गतिविधि शंकास्पद देखिएको भन्दै एन्फाले खेलाडीमाथि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने निष्कर्शमा पुगेको हो ।

Read More

नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली आज अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपाधि विजेता खेलाडीहरुलाई नेपाल भलिबल संघ र राष्ट्रिय

Read More

कुवेतसँगको खेलको लागि नेपाली टिमको घोषणा

फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूहको पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ । दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुँदैछ । खेल मंगलबार हुनेछ । खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले अन्तिम टोलीको घोषणा गरेका छन् । विश्वकप छनोटका अघिल्ला ४ खेल गुमाएका

Read More

नेपाललाई भलिबलमा ऐतिहासिक सफलता

नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो । ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई ३—० को सोझो

Read More

नेपालले माल्दिभ्सलाई हरायो

नेपाल अपराजित रहदै बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा आज भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ ।

Read More

नेपाल एभिसी भलिबलको फाइनलमा प्रवेश

नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५–७, २५–६ र २५–६

Read More

त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिरय गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । खेलमा आर्मीका कप्तान

Read More

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको हो । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर

Read More

एभिसी महिला भलिबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानसँग खेल्दै

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बलियो टिम कीर्गिस्तानसँग खेल्दैछ । ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार अहिले १२ः४५ मा सुरु हुनेछ ।

Read More