Home > मुख्य समाचार (Page 102)

सामाजवादीले लियो सरकारबाट समर्थन फिर्ता

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको दलको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

Read More

नेकपाको स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ । २९ गतेबाट जारी रहेको बैठकमा आज सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताउनुभयो । ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको

Read More

विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको नेतृ संग्रौलाको आरोप

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभएको छ । श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताउनुभएको छ । सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु

Read More

पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकहरुको संख्या बढ्दै

पछिल्लो समय होटलहरुमा भन्दा होमस्टेमा बस्ने पर्यटकहरुको संख्या बढ्दै गएको छ । विदेशी पर्यटकहरु समेत महिनौसम्म इलामका होमस्टेमा बिताउन थालेका छन् । पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र

Read More

फोब्र्सको घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

चर्चित मिडिया कम्पनी फोब्र्सले आगामी वर्ष सन् २०२० मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा

Read More

२०७६ को एसइइ आगामी चैत ६ गतेदेखि हुने

२०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते

Read More

मकैखेतिमा फौजी किराको संक्रमण, किसानहरु चिन्तित

तराईमा विस्तार हुँदै गएको मकैखेतिमा फौजी किराको संक्रमण देखिएको छ । उम्रिदै गरेको मकैका बिरुवामा फौजी किराको लार्भाको संक्रमण भएस“गै मोरङका किसानहरु चिन्तित भएका छन् । धानबालीमा देखिएको फौजीकिराको संक्रमण खेति उठाएपछि हट्ने अनुमान गरिएपनि मकैबालीमा समेत देखापरेको छ । केही समयअघि पहाडी जिल्लामा लगाइएको मकैखेतिमा पनि अमेरिकन आर्म इन्सेक्टको संक्रमण

Read More

अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जना पक्राउ

चितवनमा अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । क्लिन चितवन बनाउने अभियानमा अवैध यौनधन्दा बढेको भन्ने आम जनताको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतिको नमुना मात्र भएको भन्दै चितवन प्रहरीले नमुनाको रुपमा देखिएको यो

Read More

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आनाकानी

सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको पनि १ वर्ष बढी भइसकेको छ । पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा आवद्ध हुन मानेका छैनन् । तर सरकार भने कोषमा आवद्ध नभएका कुनै पनि संस्थाको वार्षिक नविकारण नै नहुने कानूनी व्यवस्था

Read More

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन, आजै अन्त्यष्टि गरिँदै

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँले चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई अहिले चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । त्यसपछि आज नै

Read More