Home > मुख्य समाचार (Page 109)

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । पेट दुखेपछि बिहान परीक्षणका काठमाडौ स्थित शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागे लगत्तै चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँको उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेश सिंह

Read More

भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाल भित्राइँदै

झापाको भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षण बिनै भारतबाट आयातित फलफूल तथा तरकारी नेपाल भित्राइँदैछ । मेची भन्सार कार्यालय काँकडभिट्टाले विषादी परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिले भद्रपुर नाकाबाट धमाधम भित्राउँदैछ । विषादी परीक्षणपश्चात राजश्व तिराएर भित्र्याउनु दिनुपर्ने फलफूल तथा तरकारी भद्रपुर भन्सार

Read More

तेह्रथुमका पोखरीहरु दिनानुदिन सुक्दै

जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण बिभिन्न क्षेत्रका पोखरीहरु दिनानुदिन सुक्दै गएका छन् । पछिल्लो समय पानीका मुहानहरु घट्दै गईरहेकाले अधिकांश पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । तेह्रथुमको आठराई क्षेत्रकै पहिचानको रुपमा रहेको देउडी पोखरीको पानी सुकेर यतिबेला सुख्खा भएको छ । कहीबर्ष अघिसम्म टम्म पानीले भरिएको पोखरी एकाएक

Read More

बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न सके उनिहरुको समस्या समाधान हुन्छ

बालबालिकाका सवाललाई प्राथमिकता राखेर काम गर्न सके मात्र उनीहरुका समस्या समाधान गर्न सकिने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । संयुक्त राष्ट्रिय संघ बाल अधिकारसम्बन्धी महासन्धिको ३० औं वार्षिकोत्सव तथा सिविन नेपालले ३२ आंै वार्षिकोत्सव एवं बाल अधिकार समारोहमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश १

Read More

हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने सरकारको तयारी

सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताउनु भएको हो । उहाँले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रीपरिषद बैठकबाट

Read More

निर्वाचन बहिस्कार गर्न आव्हान गर्दै धरानमा र्याली निकाल्ने ९ जना पक्राउ

निर्वाचन बहिस्कार गर्न आव्हान गर्दै र्याली निकाल्ने नौ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको नगर प्रमुख र ७ नं. वडाको वडाध्यक्ष पदको निर्वाचन हुँदैछ । निर्वाचन बहिष्कार गर्न भन्दै आइतबार साँझ धरानको छाता चोकमा रहेको पूरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम

Read More

निर्माण व्यवसायी महासंघद्धारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना

‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ । महासंघले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजेदेखि एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक

Read More

इनरुवाका कारी यादवको हत्यामा छिमेकीको संलग्नता

इनरुवा–३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो । प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिकसमेत गरेको छ । पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी

Read More

प्रदेश १ सरकारद्धारा २७ वटा पुल निर्माणको काम सुरु

भौतिक पूर्वाधार विकासमा जोड दिँदै आएको प्रदेश सरकारले यो वर्ष २७ वटा पुल निर्माणको काम सुरु गरेको छ । स्वीस सरकारको स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा प्रदेशका विभिन्न जिल्लामा धमाधम पुलहरु बनिरहेका छन् । प्रदेशका ती पुलहरुको प्राविधिक अध्ययन, विस्तृत परियोजना विवरण र लागत निर्धारणको काम सम्पन्न भइरहेको

Read More

स्थानीय तहले झुटो विवरण दिने गरेको पुनर्निर्माण प्राधिकरणको गुनासो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको गुनासो गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले बास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गर्नु भएको हो । उहाँले आज संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्थानीय तहको कारण वास्तविक लाभग्राहीहरुको पहिचान

Read More