खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते
खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर आउदै गरेको को १ ख ६३२० नम्बरको बस आजबिहान कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको प्रहरीले जनाएको छ
Read More
