Home > मुख्य समाचार (Page 119)

सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोक्यो

सरकारले चालु आर्थिक वर्षकालागि मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६ र ७७ का लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने

बारा । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको विमानस्थलका लागि काटिने रुखको विषयलाई लिएर बाहिर आएका हल्लाहरुले विमानस्थललाई नैं अन्तर्राष्ट्रिय रुपमै विवादित बनाइरहेका बेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रुखको क्षति गरि विमानस्थल निर्माण गर्न सकिने

Read More

सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत  हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो । ठूलो संख्यामा सूचिकरण हुन बाँकि रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप

Read More

खोला अवैध रुपमा उत्खनन् गर्नेलाई फितलो कारबाही

विराटनगर । अवैध खोला उत्खनन्को क्रममा सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारीसाधन न्यून जरिवाना तिरेर छुटाइएका छन् । झुठो विवरणको आधारमा ३ ट्रिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएको छ । विराटनगरको ४ नम्बर वडा र दुहबीको वडा नम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरुपमा भरौट उत्खननमा

Read More

राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा

Read More

जनकपुरमा एकजनाको गोली हानी हत्या

जनकपुर । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन । साहको

Read More

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रियस्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको

Read More

सभामुख नहुँदा पारित विधेयकहरुको प्रमाणिकरण रोकियो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन । संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो । सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि

Read More

सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको कांग्रेस नेता लेखकको भनाइ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताउनु भएको छ । कांग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिनु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फरक दलको सभामुख र

Read More

प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न सकेन

विराटनगर । प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न नसकेको एक तथ्याङले देखाएको छ । पर्याप्त सिंचाई नपुग्दा उत्पादकत्वमा समेत कमी आएको छ । ३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा

Read More