Home > मुख्य समाचार (Page 138)

गुफापोखरी, पर्यटक आकर्षित गर्ने पूर्वको अर्को गन्तव्य

तेह्रथुम, २७ मंसिर । सरकारले सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर पर्यटकीय गतिविधिलाई तीव्र बनाउने योजना सार्वजनिक गरीसकेको छ । पर्यटक आकर्षण गर्ने प्रदेश १ मा रहेका विभिन्न आकर्षक गतन्व्यहरु रहेका छन् । जसमध्ये पर्यटकलाई आकर्षण गर्ने गन्तव्य हो गुफापोखरी । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले

Read More

अपहरणको आरोपमा तीनजना पक्राउ

झापा, २७ मंसिर । ७ वर्षीय भारतीय बालकलाई अपहरण गरी २४ लाख फिरौती मागको आरोपमा पक्राउ परेका एक महिलासहित तीनजनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत अपहरणमा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ६ निवासी ४७ वर्षीय बद्री यादव, सोही गाउँपालिका

Read More

सरकारी वार्ताटोलीलाई हतियार हस्तान्तरण

सप्तरी, २७ मंसिर । तराईमा सशस्त्र रुपमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरी सदरमुकाम राजविराजमा सरकारी वार्ता टोलीसमक्ष हातहतियार बुझाएको छ । सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा विभिन्न भूमिगत समूहसँग वार्ता गर्न गठित टोलीसमक्ष मोर्चाले बुधबार हातहतियार बुझाएको हो । जयकृष्ण गोइतसँग अलग भएर छुट्टै अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्ति

Read More

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौ, २७ मंसिर । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद

Read More

आज पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस हुन सकेन

काठमाडौ, २६ मंसिर । प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गर्न सकेन । प्रधानन्यायाधिश सिफारिस गर्ने योजनाका साथ बोलाइएको संवैधानिक परिषदको बुधबार बिहानको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले आउने सम्भावना नभएको जानकारी गराएपछि भोलि बिहान ९ बजे

Read More

आज विवाह पञ्चमी मनाईदै

जनकपुर, २६ मंसिर । आज विवाह पञ्चमी । भगवान राम र सीताबीच विवाह भएको दिनको रुपमा रामजानकी विवाह महोत्सव आज भव्यताका साथ मनाइँदैछ । त्रेतायुगमा भगवान श्रीराम र जगत जननी सीताको विवाह भएको उत्सवलाई स्मरण गर्दै मंसिर शुक्ल पञ्चमी तिथिका दिन आज ऐतिहासिक धार्मिक नगर जनकपुरधाममा रामजानकी विवाह महोत्सव गरिन्छ ।

Read More

चाडपर्व विदा कटौति गर्ने निर्णय खारेज गर्न माग गर्दै जनजाति महासंघले आन्दोलन गर्ने

काठमाडौ, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको

Read More

इटहरीस्थित एक उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

सुनसरी, २५ मंसिर । सुनसरीको इटहरी स्थित एक उद्योगमा भएको भीषण आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजे आगलागी सुरु भएको थियो । उद्योगको मुख्य गोदामबाट आगो सल्किएको बताइएको छ । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको

Read More

२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ हुनुपर्छ : राजेन्द्र महतो

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताउनु भएको छ । राजपाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी

Read More

दुई दर्जन बढि मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा

काठमाडौ, २४ मंसिर । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जनबढि मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर

Read More