Home > मुख्य समाचार (Page 2)

कक्षा १२ नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ भने इन्ट्री र रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ। गत वैशाख १४ गतेदेखि भएको परीक्षामा करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डले सबै

Read More

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो सिंहदरबारमा बस्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

Read More

तीनदिने भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्ता गर्नेछन्। व्यापार, लगानी, ऊर्जा र द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल हुने तथा नयाँ सरकारका प्राथमिकताबारे पनि भारतसँग संवाद हुने बताइएको छ।

Read More

सम्पर्कबाहिर रहेका कर्मचारीलाई सरकारको चेतावनी

काठमाडौं । सरकारले अध्ययन वा असाधारण बिदामा रहेका तथा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीलाई तीन दिनभित्र विवरण सच्याउन निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका र बिदा सकिएपछि पनि हाजिर नभएका कर्मचारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, सबै सरकारी निकायलाई

Read More

‘मेरोकित्ता’ एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब अनलाइनबाटै

काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि घरमै बसेर अनलाइन आवेदन दिन सकिनेछ। एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध एपबाट आवेदनको अवस्था ट्र्याक गर्न, साथै ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरिएको

Read More

मलेसियामाथि विशाल जित, नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को अन्तिम खेलमा नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो। यो जितसँगै नेपाल समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको छ।

Read More

कुशलको विस्फोटक शतक, मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । ओपनर कुशल भुर्तेल को शानदार शतकमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा मलेसियालाई २७६ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो। कुशलले ५४ बलमा १२६ रन बनाउँदा आसिफ शेख ले ६८ रनको योगदान दिए। लगातार दोस्रो शतक प्रहार

Read More

कुशल भुर्तेलको अर्को विस्फोटक शतक

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा मलेसियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल ले लगातार दोस्रो शतक प्रहार गरेका छन्। कुशलले केवल ४४ बलमा शतक पूरा गर्दै १० चौका र ७ छक्का प्रहार गरे। यो उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करिअरको तेस्रो तथा लगातार दोस्रो शतक हो। उनले आसिफ शेख सँग पहिलो विकेटका लागि १३४

Read More

एसीसी महिला प्रिमियर कपमा नेपालको दोस्रो लगातार विजय

काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह ‘डी’को खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा भएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा ८ विकेट गुमाएर ६२ रनमै सीमित भयो। नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन्। यसअघि ब्याटिङ गरेको नेपालले २०

Read More

आन्तरिक विवादबीच जिल्ला अधिवेशनको तयारीमा रास्वपा

काठमाडौं, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पालिका अधिवेशनका क्रममा विभिन्न स्थानमा विवाद र उजुरी बढेपछि केही पालिकाको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। काठमाडौं महानगरसहित केही स्थानमा नेतृत्व चयनलाई लिएर प्रतिस्पर्धा देखिएको छ भने मधेश र बागमतीका विवादित पालिकामा अधिवेशन रोकिएको छ। रास्वपाले भने विवाद समाधान गर्दै जेठ २३–२४ मा

Read More