Home > मुख्य समाचार (Page 3)

नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजानुपर्नेमा रविको जोड

काठमाडौं, जेठ २० — रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नेपाल–भारत सम्बन्धलाई विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ चरणमा लैजानुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले दुई देशबीच साझा सभ्यता, डिजिटल करिडोर र सहज सम्पर्क विस्तारमार्फत सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उल्लेख गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्धलाई ‘विकास

Read More

रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौं, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। बुधबार हैदराबाद हाउसमा भएको भेटमा दुई नेताबीच औपचारिक छलफल भएको हो। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेट भएको जानकारी दिएका छन्।

Read More

सीमावर्ती किनमेलमा छुट बढ्यो, ५०० रुपैयाँसम्म भन्सार नलाग्ने

काठमाडौं, जेठ २० — सरकारले स्थलमार्गबाट नेपाल प्रवेश गर्दा व्यक्तिगत प्रयोगका लागि ल्याइने सामानमा भन्सार छुटको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्म मूल्यका वस्तु ल्याउँदा भन्सार महसुल नलाग्नेछ। यसअघि यस्तो छुटको सीमा १०० रुपैयाँ मात्र रहेको थियो। भन्सार कार्यालयले वस्तुको प्रकृति र औचित्य हेरेर छुट दिने व्यवस्था गरिएको छ।

Read More

मन्त्रिपरिषद्का निर्णय: एआईजीमा पोख्रेल बढुवा, भूमि आयोगमा नयाँ नियुक्ति

काठमाडौं, जेठ १९ — मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका अन्जनी कुमार पोख्रेल लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयनलाई स्वीकृति दिनुका साथै २०८२ भदौको घटनाबारे गठित अध्ययन समितिको म्याद ४५ दिन थप गरेको छ। यस्तै, भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला सहित

Read More

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत

काठमाडौं, जेठ १९ — भारत भ्रमणमा रहेका रवि लामिछाने नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका छन्, जहाँ उनको पुष्पवृष्टि, बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको छ। भाजपा नेता नितिन नविन ले लामिछानेलाई फूलगुच्छा प्रदान गर्दै स्वागत गरेका थिए। भेटका क्रममा दुई पक्षबीच आपसी सम्बन्ध र राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। कार्यक्रममा नेपाली

Read More

आज बस्दै मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुने

काठमाडौं, जेठ १९ — प्रधानमन्त्री बालेन शाह ले आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सरकारका चालु कामकारबाहीको समीक्षा तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।

Read More

प्रधानमन्त्री शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्। बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले प्रश्न उठाएका थिए भने प्रधानमन्त्री शाहले सरकारका काम, नीति र प्राथमिकताबारे जवाफ दिइरहेका छन्।

Read More

बजेटमाथि जेठ १८ देखि संसद्मा छलफल हुने

काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रतिनिधिसभामा टेबुल गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेश गरेपछि त्यसमाथि जेठ १८, १९ र २० गते सामान्य छलफल हुने तय भएको सभामुख डोलप्रसाद अर्याल ले जानकारी दिए।

Read More

सरकारले ल्यायो २१.२४ खर्बको बजेट

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा चालुतर्फ १२.७० खर्ब, पुँजीगततर्फ ४.३१ खर्ब र वित्तीय व्यवस्थातर्फ ४.२२ खर्ब विनियोजन गरिएको जानकारी दिए। राजस्वबाट १४.०४ खर्ब उठाउने लक्ष्य राखिएको छ भने वैदेशिक अनुदान ६१ अर्ब ७४

Read More

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि त्यसलाई स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज दिउँसो २:३० बजे सिंहदरबारमा बस्ने बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिनेछ । स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Read More