Home > मुख्य समाचार (Page 50)

मोरङको लेटाङ जाँतेका किसानहरु तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै

मोरङ २० भाद्र मोरङको लेटाङ जाँतेका किसानहरुले तरकारी खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । तर भारतबाट आउने तरकारीका कारण भने आफुहरुले उचित मुल्य पाउन नसकेको उनीहरुको गुनासो छ । मोरङको लेटाङ–८ जाँतेका कृषक सरोज तिम्सिनाको परिवार नै तरकारी खेतीमा लाग्नु भएको छ । २ दश अघिदेखि तरकारी खेति गर्दै

Read More

स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुको सुझाव

विराटनगर १९ भाद्र स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर अब जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागी सहभागी पत्रकार तथा संचारकर्मीहरुले प्रदेश सरकारलाई यस्तो सुझाव दिएका हुन् । मन्त्रालयले कोरोना कालको वर्तमान

Read More

मोरङमा जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाइ, नियन्त्रणमा लिएका सवारीलाई ५ सय रुपैयाँसम्म जरिवाना

विराटनगर १९ भाद्र मोरङमा जोरबिजोर प्रणाली लागू भएको दोस्रो दिनबाट प्रहरीले कडाई गर्न थालेको छ । जोरबिजोर उल्लंघन गरि सवारीसाधन कुदाउनेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले भदौ १७ बाट २२ गतेसम्मका लागि मोरङमा जोरविजोर प्रणालीबाट सवारीसाधनहरु संचालन गर्नुपर्ने सूचना जारी गरेको थियो । यद्यपि सो सुचनालाई

Read More

कोरोना महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने, संयुक्त राष्ट्रसंघ

एजेन्सी १९ भाद्र संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । आगामी वर्ष

Read More

 चुरे दोहनका कारण झापाका करिब एक दर्जन बस्ती जोखिममा,नियमनकारी निकायका प्रमुखहरु एकले अर्कामाथि दोष थोपर्दै

झापा १९ भाद्र विगतबाट मिलिभगतमा हँुदै आएको झापाको उत्तरी चुरे दोहनको असरको कारण बस्तीहरु जोखिममा पर्न थालेका छन् । झापाका उत्तरी क्षेत्रमा प्रत्येक वर्ष यो समस्या देखिने गरेको हो । बिगत १० वर्ष अगाडिबाट मिलेमतोमा हँुदै आएको चुरे दोहनका कारण झापाको उत्तरी बस्तीहरु जोखिममा पर्दै आएका छन् । सोमबार रातीको भारी

Read More

सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानमा अन्यौलता बढेको वायुसेवा सञ्चालक संघको आरोप

काठमाण्डौ १९ भाद्र वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ ।सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाइ छ । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले

Read More

कोरोना महामारीका कारण अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशकयताकै ठुलो मन्दी

एजेन्सी १८ भाद्र अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशकयताकै पहिलोपटक गम्भीर मन्दी आएको छ । कोभिड १९ का कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको

Read More

राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मोरङ १८ भाद्र राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको जोखिमबाट जोगिन राउण्ड टेबलले आज एक कार्यक्रमको आयोजना गरी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित लोटस सार्वजनिक विद्यालयलाई फेस मास्क, सेनिटाइजर हस्तान्तरण गरेको हो । राउण्ड टेवलले कार्यक्रममा २ हजार थान फेस

Read More

झापामा पिसिआर परीक्षण कार्य रोकियो, रिपोर्ट पाउन एक हप्तासम्म कुर्नुपर्ने बाध्यता

  झापा १८ भाद्र पछिल्लो समय झापामा समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । यस्तो अवस्थामा पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने भए पनि स्थापना भएका प्रयोगशाला भने सञ्चालन हुन सकेका छैनन् । जसका कारण संकलित स्वाबको रिपोर्ट आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा गत साउन २६ गतेदेखि

Read More

ज्यान मार्ने धम्की दिई रकम असुल्ने गिरोहका ५ जना हतियारसहित मोरङबाट पक्राउ

विराटनगर १८ भाद्र ज्यानमार्ने धम्की दिई रकम असुल्ने गिरोहका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्तहरुबाट अटोमेटिक पेस्तोल र नगद समेत बरामद गरेको छ । आपराधिक गिरोह स्थापनागरि धाकधम्की दिदै ब्यापारीहरुबाट रकम असुल्दै आएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका सहित कटहरीबाट पक्राउ गरिएका ब्यक्तीहरुमा

Read More