Home > मुख्य समाचार (Page 61)

तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनकी श्रीमति सबिता, जेठान नविनकुमार गौली, जेठानकी श्रीमति सकुन्तला गौली र जेठानका छोरा शुलभ गौलीमाथि अख्तियारले मुद्धा दायर

Read More

लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा रहेको भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारतसँग आवश्यक पहल गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी भूमिको रक्षा र

Read More

सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या पर्याप्त नभएको गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताउनुभएको हो । उहाँले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा

Read More

सिद्धबाबा प्रकरण : तीन दिनको म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो । प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १०

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने

राजधानी काठमाडौँसँग जोडिने लाईफलाईन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो

Read More

‘देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक’

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आज विराटनगरमा आयोजना गरेको प्रदेशस्तरिय एकदिने कार्याशाला गोष्ठीलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । सबै पक्ष मिलेर अघि बढेमात्र

Read More

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने निर्णय गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा सत्तारुढ दल नेकपाका

Read More

किराँत समुदायले उधौली पर्व मनाउदै

मंसिर शुक्ल पूर्णिमाको दिन आज किराँत समुदायले उधौली पर्व मनाउदै छन । तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किराँत समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् । किराँत समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व

Read More

नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने घिसिङको भनाइ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताउनुभयो । क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत

Read More

१२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन चासो

१२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन सरोकारवालाहरुले चासो देखाएका छन् । भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली विमानस्थल साना जहाजहरु अवतरण गर्न सकिने भए पनि यसलाई विकल्पका रुपमा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । भरतपुर विमानस्थलको धावनमार्ग मर्मत गर्न १० दिनभन्दा बढी भरतपुर विमानस्थल बन्द हुदा मेघौलीको महत्व देखिएको हो

Read More