Home > मुख्य समाचार (Page 72)

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाण्डौ २४ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । हिजो थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । हिजो १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३

Read More

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई

एजेन्सी २४ असोज यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।  हिजो ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा

Read More

सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल आउन दिने भने पनि पर्यटकहरु सोधपुछमा मात्रै सीमित

काठमाण्डौ २४ असोज सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भने पनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

Read More

सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक

काठमाण्डौ २३ असोज सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुनकुन मागमा सहमति

Read More

यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिने घोषणा

एजेन्सी २३ असोज यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । हिजो स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । कवि ग्लिकले साहित्यमार्फत ‘काव्यात्मक आवाज मार्फत सुन्दर ढंगले

Read More

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी

काठमाण्डौ २३ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । यसका लागि हिजो पनि दुईजना अध्यक्षबीच छलफल भएको छ । छलफलका क्रममा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने कुराकानी भएको नेकपा स्रोतले बताएको छ । स्रोतका

Read More

प्रदेश–१ मा हिजो ४११ जना कोरोना संक्रमित थपिए

बिराटनगर २३ असोज प्रदेश–१ मा हिजो ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेर्हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले

Read More

नेपालमा अहिलेसम्मकै बढी ४३ सय ६४ जना कोरोना संक्रमित थप

काठमाण्डौ २३ असोज हिजो काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा

Read More

कोरोनाका कारण रंगमञ्च ठप्प भएपछि कलाकारहरु अन्य पेशा व्यवसायतर्फ पलायन हुने क्रम बढ्दो

बिराटनगर २३ असोज लकडाउनले धेरै व्यक्तिको रोजीरोटी खोसिदिएको छ । रोजगारी गुमाएर कतिपय मानिसहरू भौतारिरहेको अवस्था छ भने कतिपय रोजगारीको खोजीमा छन् । तर, हरेक चुनौतीले सम्भावना बोकेको हुन्छ । चुनौतीलाई सम्भावनामा बदल्न सकियो भने त्यसले जीवनमा सकारात्मक प्रभाव पार्छ भन्ने प्रशस्तै उदाहरण भेटाउन सकिन्छ । कोभिडका कारण कामविहीन भएका कतिपय

Read More

मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकारविरोधी प्रदर्शनकारीद्वारा सत्ता कब्जा

एजेन्सी २२ असोज मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् । आइतवार भएको चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका छन् । उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम

Read More