उपसभामुख डा. तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह नेकपाको आग्रह
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखको राजीनामापछि सभामुखको उम्मेदवार तय गरिने जानकारी दिनुभयो
Read More
