Home > राष्ट्रिय समाचार (Page 147)

अनियमितता र भ्रष्टाचार रोक्न उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौँ – सरकारले सरकारी कार्यालयमा अनियमितता र भ्रष्टाचार रोक्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मुख्य सचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयलाई परिपत्र गर्दै कार्यालय प्रमुखलाई जवाफदेही बनाउने आदेश दिएका छन्। परिपत्रअनुसार, सरकारी निकायमा कुनै पनि अनियमितता फेला परेमा प्रारम्भिक जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ। साथै, महिला, बालबालिका, अपाङ्गता भएका

Read More

जेनजी घाइते एकता शाहलाई एमबीबीएस छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस

काठमाडौं – चिकित्सा शिक्षा आयोगले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई एमबीबीएस प्रवेश परीक्षामा मेरिट सूचीमा नपरेको बाबजुद सरकारी छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस गरेको छ। चैत्र १८ गते बसेको आयोगको बैठकमा ७ हजारमा नाम आउने शाहलाई सिफारिस गरिएको हो, जबकि यस वर्ष एमबीबीएसका लागि २ हजार ६३५ सिट मात्र उपलब्ध छन्। आयोगका

Read More

माइतीघरमा सामुहिक बलात्कारपीडितको न्यायका लागि प्रदर्शन

काठमाडौं – सामुहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको माग गर्दै सडक संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा ईनिशा विक, रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतका पीडितका न्याय माग गर्दै सहभागीहरूले “बलात्कारीलाई फाँसी दे”, “महिला सुरक्षित हुनु समाज सुरक्षित हुनु” र “बलात्कारपछिको क्रुर हत्यारालाई मृत्युदण्ड” जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए। साथै,

Read More

सभामुख निर्वाचन: भोलि उम्मेदवारी दर्ता, २२ गते मतदान

संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दर्ता भोलि (शुक्रबार) बिहान ११ बजेबाट दिउँसो २ बजे सम्म हुनेछ। दर्ता पछि उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। यदि एकभन्दा बढी उम्मेदवारी आएमा चैत २२ गते आइतबार विहान ११ बजे मतदान हुने छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डिपी अर्याललाई उम्मेदवार

Read More

पर्सा अदालतले रविलाई वारेसमार्फत मुद्दा लड्न अनुमति दियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा अदालतमा सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्। न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले लामिछानेको माग अनुसार आदेश जारी गरेको हो। अब उनले तारेखका लागि अदालतमा उपस्थित हुनुपर्ने छैन। लामिछाने फागुन २१ को निर्वाचनमा

Read More

अस्पतालमै ओलीको बयान सुरु

काठमाडौं — केपी शर्मा ओलीसँग अस्पतालमै बयान लिन सुरु गरिएको छ। जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकको सिफारिसअनुसार बाहिर लैजान नमिल्ने भएपछि अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिइरहेका छन्। यसैबीच, सोही प्रकरणमा पक्राउ परेका रमेश लेखकको बयान भने पूरा

Read More

राष्ट्रियसभा उपाध्यक्ष चुनाव चैत २३ मा

काठमाडौं — राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ। अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमार्फत मिति घोषणा गरेका हुन्। निर्वाचन प्रक्रिया अघि बढाउन महासचिव पद्मप्रसाद पाण्डेयलाई सूचना जारी गर्न निर्देशन दिइएको छ। साथै, विषयगत समितिका रिक्त सभापति पदहरूको निर्वाचन चैत २४ गते गर्ने निर्णय पनि भएको छ। रिक्त पदहरू पूर्ति गर्दै

Read More

सार्वजनिक यातायात सुधारमा सरकार–व्यवसायी छलफल

काठमाडौं — सार्वजनिक यातायातलाई व्यवस्थित, प्रविधिमैत्री र यात्रुमैत्री बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र यातायात व्यवसायीबीच छलफल भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले चालक–सहचालकको व्यवहार सुधार, सवारी सफा राख्ने र सबै गाडीमा डस्टबिन अनिवार्य गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा व्यवसायीहरूले वैज्ञानिक भाडादर लागू गर्न र

Read More

रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्ताव संसदीय दलको बैठकमा सर्वसम्मत रूपमा पारित भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। अर्याल काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित सांसद हुन्।

Read More

महावीर पुन: “म राजनीतिज्ञ होइन, निष्पक्ष समाजसेवी”

काठमाडौं — प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभएको भन्दै समाजसेवीको रूपमा मात्रै कार्य गर्ने बताएका छन्। सदनमा उनले भने, “म एउटा अचम्मको सांसद हुँ, निष्पक्ष रहन्छु, म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ।” उनले चुनाव नलड्ने भइहाल्दा पनि लडेको र शिक्षामन्त्री हुँदा शिक्षा सुधारका प्रयास असफल भएपछि राजीनामा दिई

Read More