Home > राष्ट्रिय समाचार (Page 16)

तीनदिने भारत भ्रमणमा जाँदै रवि लामिछाने, उच्चस्तरीय भेटघाट हुने

काठमाडौं । रवि लामिछाने भोलि तीनदिने भारत भ्रमणमा जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुने भ्रमणमा लामिछानेसँगै निकिता पौडेल, अविनाश आचार्य, विपिन आचार्य र दीपक बोहरा सहभागी रहनेछन्। भ्रमणका क्रममा उनले नरेन्द्र मोदी, एस जयशंकर लगायत भारतीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ। टोली जेठ २० गते

Read More

जेलेन्स्कीको चेतावनी : ४८ घण्टाभित्र रुसबाट ठूलो आक्रमणको जोखिम

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले छिट्टै ठूलो सैन्य आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको बताएका छन्। अमेरिका र युरोपेली सहयोगीबाट प्राप्त सूचनाका आधारमा ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर ४८ घण्टाभित्र आक्रमण हुन सक्ने आकलन गरिएको उनले बताए। जेलेन्स्कीका अनुसार हाल युक्रेन उच्च सतर्कतामा रहेको छ र

Read More

सांसदहरूको आपत्ति : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रक्रिया नियमविपरीत भएको आरोप

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको प्रत्यक्ष प्रश्नोत्तर प्रक्रियामाथि विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका छन्। सांसदहरूले नियमावलीअनुसार १५ जनासम्मले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि सीमित सांसदलाई मात्र अवसर दिइएको भन्दै प्रक्रिया अधुरो र नियमविपरीत भएको आरोप लगाए। उनीहरूले प्रधानमन्त्रीको जवाफ अन्तर्राष्ट्रिय सम्बन्ध र संवेदनशील विषयमा तथ्यपरक हुनुपर्नेमा पनि जोड

Read More

सदनमा हंगामा : आशिका तामाङ आक्रोशित, सांसदहरूले बाहिर लगे

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर चलिरहँदा प्रश्न सोध्ने समय सीमित भएपछि सांसदहरूबीच विवाद र तनाव उत्पन्न भएको छ। प्रश्नोत्तर सकिएको घोषणा सभामुखले गरेपछि केही सांसदहरूले आपत्ति जनाए। सोही क्रममा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित भइन् र स्थिति नियन्त्रण बाहिर गएपछि उनलाई अन्य सांसदहरूले समातेर बाहिर लगे।

Read More

प्रधानमन्त्रीको ‘सीमा विवाद’ टिप्पणी हटाउन संसद्मा माग, अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने बताएका थिए। सो भनाइलाई लिएर सांसदहरूले राष्ट्रिय अखण्डतामा आँच पुग्ने भन्दै आपत्ति जनाएका छन्। नेकपा र कांग्रेसका सांसदहरूले उक्त टिप्पणी तथ्यसहित पुष्टि गर्न वा

Read More

समाजवादको अर्थ व्यवहारबाट देखिनुपर्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह ले समाजवाद र साम्यवादको वास्तविक अर्थ व्यवहारमा देखिनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा विपन्न विद्यार्थीका लागि निजी विद्यालयमा छात्रवृत्ति र विपन्न बिरामीका लागि निजी अस्पतालमा बेड आरक्षणको व्यवस्था लागू गरेको उदाहरण दिए। उनले सुकुम्वासी व्यवस्थापनका क्रममा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई

Read More

प्रधानमन्त्रीको सीमा टिप्पणीमा कांग्रेसको आपत्ति, विवरण माग

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी टिप्पणीबारे आपत्ति जनाएकी छन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने बताएका भनाइपछि थापाले त्यसको ठोस प्रमाण र स्थान सार्वजनिक गर्न माग गरिन्। तथ्यबिनाको अभिव्यक्ति भए रेकर्डबाट हटाउनुपर्ने उनको भनाइ छ।

Read More

पहिलो वर्षलाई सुशासन केन्द्रित बनाइने : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको पहिलो वर्षलाई “सुशासनको वर्ष” का रूपमा अघि बढाइने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचार नियन्त्रण र बेतिथि अन्त्यलाई सरकारको मुख्य प्राथमिकता भएको बताए। उनका अनुसार दीर्घ समयदेखि जरा गाडेको भ्रष्टाचार पूर्ण रूपमा हटाउन समय लागे पनि तत्कालै न्यूनीकरणका प्रयास तीव्र पारिनेछ। सरकार सुशासन प्रवर्द्धन

Read More

सीमा विवाद वार्तामार्फत समाधान गर्ने प्रधानमन्त्रीको भनाइ, दुवै पक्षबाट अतिक्रमण भएको दाबी

प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने बताएका छन्। प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै उनले नेपालले मात्र नभई भारतले पनि नेपाली भूमिमा अतिक्रमण गरेको जस्तै, नेपालले पनि कतिपय क्षेत्रमा भारतको भूमि मिचेको हुन सक्ने आफूले नयाँ रूपमा थाहा पाएको बताए। उनका अनुसार दुवै देशले प्राविधिक अध्ययन गरेर मित्रतापूर्ण

Read More

मानव अधिकार आयोगको प्रतिवेदन सरकारसम्म नआएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री बालेन्द्र शाह ले ‘जेनजी’ आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारलाई औपचारिक रूपमा प्राप्त नभएको बताएका छन्। प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै उनले प्रतिवेदन मिडियामा चर्चा भए पनि आधिकारिक रूपमा प्रधानमन्त्री कार्यालयमा नआएको स्पष्ट गरे। प्रतिवेदन आएपछि सार्वजनिक गर्ने र अध्ययन गरी आवश्यक कार्यान्वयन गर्ने सरकारको योजना रहेको उनले बताए।

Read More