Home > राष्ट्रिय समाचार (Page 195)

सुनकाण्डको दोषि जो भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । आज बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि

Read More

काँग्रेसको बैठक अझै दुई दिन चल्ने

काठमाडौं, ४ साउन । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक

Read More

सेनाको संख्या घटाउने कुरा अपमान बाहेक केही हैन : बामदेव गौतम

  काठमाडौं, ४ साउन ।  राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गर्नु भयो । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष

Read More

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको

Read More

एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने

काठमाडौं, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात

Read More

मलेसियामा नेपाल एयरलाइन्सको उडान डिलेबारे छानबिन हुने

काठमाडौं, २ साउन । नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनाको छानबिन हुने भएको छ । घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको

Read More

जर्दा पान बेच्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आज अर्थात साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोग लगाएको छ । तर जर्दा सहितको पान बेच्न पाउनुपर्ने माग गर्दै आज विराटनगरका पान ब्यवसायिहरु पसल बन्दगरी प्रर्दशनमा उत्रिएका छन् । आजदेखि विराटनगर महानगरपालिकाले जर्दा बेच्न निषेध गरेपछि ब्यवसायीहरु पसल बन्द गरेर बिरोधमा उत्रिएका हुन्

Read More

शिवालयहरुमा भक्तजनको भीड

काठमाडौं, १ साउन । साउन महिनाको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज पशुपतिनाथलगायत तनहुँको देवघाट, कास्कीको सीताघाट, गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वर, सिद्धबाबा लगायत देशभरका शिवालयमा भक्तजनको भिड छ । आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको

Read More

धुप बत्ती बाल्दैमा सरकार ढल्दैन : मन्त्री ज्वाला

काठमाडौं, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ । आज जनकपुरधाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो ।

Read More

श्रमिकलाई फर्काइएको बिरोधमा प्रदर्शन

काठमाडौं, ३१ असार । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले

Read More