Home > राष्ट्रिय समाचार (Page 196)

अर्थतन्त्र सकारात्मक हुँदै छ : अर्थमन्त्री महत

काठमाडौं, २९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त

Read More

समाज सामाजिक मूल्यबाट विचलित भयो : अध्यक्ष ओली

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो । उहाँले समाज

Read More

दरबन्दी भएको ठाँउमा डाक्टर पठाउन खोज्दा धम्क्याउँछन् : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ । आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने

Read More

हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था अझै अज्ञात रहेको छ । घटनास्थलमा प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आज बिहान सोलुखुम्बुको सुर्केबाट

Read More

कोशी सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौं, २६ असार । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित गरिएको हो । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन

Read More

अबरोधको समस्या समाधान गरेपछि मात्रै सदन सुरु हुन्छ : सभामुख घिमिरे

काठमाडौं, २३ असार । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।

Read More

मिटर ब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास हुन नदिन एमालेको संसद अवरोध ः प्रधानमन्त्री दाहाल

काठमाडौं, २० असार ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संसदमा मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक

Read More

दाहालसँग प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार छैन : एमाले

काठमाडौं, २० असार । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । आज बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो । उहाँले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने

Read More

चितवनको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो । उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी

Read More

मोरङमा भोलिदेखि जन्मसिद्धका छोराछोरीलाई नागरिकता वितरण गरिने

विराटनगर, १० असार । जिल्ला प्रशासन कार्यालय मोरङबाट भोलीदेखि नागरिकता विहीन जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने भएका छन् । सर्वाेच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी ऐनका विरुद्धमा दिएको उजुरी खारेज गरेपछि उनीहरुले नागरिकता पाउने बाटो खुलेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सबै पालिकालाई सूचना जारी गर्दै आवश्यक कागजात

Read More