Home > राष्ट्रिय समाचार (Page 2)

सुन तस्करीमा सत्तारुढ दलका नेताहरुको गहिरो अनुसन्धान भएनः सभापति लामिछाने

काठमाडौं, ७ असोज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो । उहाँले अनुसन्धान

Read More

नेम्बाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको शवलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर

Read More

संविधान सभाका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक विदा र झण्डा झुकाइने

काठमाडौं, २६ भदौ । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबरमा बसेको मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले उहाँको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय भएको

Read More

सुन खोज्दै सिंगिया आइपुगे भारतीय

विराटनगर, २५ भदौ । विराटनगरस्थित सिंघीया खोलामा सुन भेटिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर सुन खोज्न सिपालु एउटा भारतीय समुहले सिंघियासहितका विभिन्न खोलाहरुमा निरन्तर सुन खोजेरै जीविकोपार्जन गर्दै आएका छन् । विराटनगरको हाटखोला पुल नजिकै सिंघीया खोलाको सतह खोतल्दै गरेको यो समुहले सुन खोजिरहेको छ । पानीको सतहमुनिको बालुवा

Read More

सरकार गठन सम्बन्धि संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण : अध्यक्ष यादव

विराटनगर, भदौ २५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन सम्बन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानमा भएको सरकार गठनबारेको तहगत व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको हो । यादवले आफूहरूले बारम्बार संविधान संसोधन गरेर कमी कमजोरी सच्याउन माग

Read More

कार्की मुख्यमन्त्री नियुक्त हुँदै

विराटनगर, २२ भदौ । कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुनुहुँदै छ । सर्वाेच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । आज साँझ ६ बजे मुख्यमन्त्रीलाई सपथ गराउने कार्यक्रम तय भएको छ

Read More

संसदीय समितिमा लेनदेन भएको छैन् : लिङदेन

काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ । साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न

Read More

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था सार्वजनिक

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताउनुभएको हो । उहाँले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको

Read More

काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । काँग्रेसले बिपी कोइरालाको भाद्रा २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा

Read More

निर्वाचन व्यवस्थापन मस्यौदा चाडै पारित गर्न दवाव आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, ११ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताउनुभएको हो ।

Read More