Home > राष्ट्रिय समाचार (Page 3)

अनलाइन ठगीमा नेपाली पठाउने २३५ जनाको नाम प्रहरीलाई

काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाका अनलाइन स्क्यामिङ सेन्टरमा नेपालीलाई पठाउने २३५ भन्दा बढी संदिग्ध मानव तस्करको नाम अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई पठाएको छ। चालु आर्थिक वर्षमा कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट करिब ७०० नेपालीको उद्धार गरिएको छ। पीडितहरूले स्क्यामिङ सेन्टरमा बन्धक बनाएर लामो समय काम गराइने र

Read More

कोशीमा ५ वर्षमा ७११ किमि सडक कालोपत्रे, विकास खर्चमा अझै चुनौती

विराटनगर । कोशी प्रदेशले स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, ११२ वटा सडक पुल र २५९ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ। प्रदेशमा विद्युत् पहुँच ९९.५ प्रतिशत र आधारभूत खानेपानी पहुँच ९३ प्रतिशतभन्दा माथि पुगेको छ। प्रतिव्यक्ति आय १,४१० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिए पनि आर्थिक वृद्धिदर ३.१३ प्रतिशतमा सीमित

Read More

कोशी प्रदेशको बजेट ४० अर्ब हाराहारी पुग्ने अनुमान

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ। प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नेछ, जहाँ आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेप ले बजेट पेश गर्नेछन्। मन्त्रालय स्रोतका अनुसार यस वर्ष बजेटको आकार करिब ४० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन चालु वर्षको संशोधित बजेटभन्दा

Read More

आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, समय तालिका तय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आज असार १ गते बजेट प्रस्तुत गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार प्रदेशहरूले आजै वार्षिक आयव्यय विवरण सार्वजनिक गर्न लागेका हुन्। कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णालीले ३ बजे, कोशी, बागमती र गण्डकीले ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिमले साँझ

Read More

प्रक्रियागत विवादपछि रास्वपा कैलाली अधिवेशनको नतिजा रद्द

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटि देखिएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ। आयोगले उजुरी र प्रमाणहरूको अध्ययनपछि निर्वाचनमा आवश्यक विधि, प्रक्रिया र मापदण्ड पालना नभएको निष्कर्ष निकाल्दै २५ जेठमा सम्पन्न अधिवेशनको परिणाम रद्द गरेको जनाएको छ। उक्त निर्वाचनबाट कविन्द्र

Read More

असार १५ भित्रै बीपी राजमार्गमा सवारी सञ्चालन गर्ने तयारी

काठमाडौं । बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको भकुण्डेबेशी–नेपालथोक खण्डमा असार १५ भित्रै मुख्य सडकको किनाराबाट सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। सडक डिभिजन भक्तपुरका अनुसार वर्षायामअघि नै वैकल्पिक डाइभर्सनको सट्टा स्थायी संरचनामार्फत यातायात सुचारु गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। पुनर्निर्माण भइरहेको २९ किलोमिटर सडकखण्डलाई स्तरोन्नति गर्दै दुई लेनको मानक

Read More

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल बेइजिङ पुगे

बेइजिङ । चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल चीनको राजधानी बेइजिङ पुगेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने, उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तथा लगानी सम्मेलनमा सहभागी भएर चिनियाँ व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

Read More

आज विश्व रक्तदाता दिवस

काठमाडौं । ‘मानवताका लागि एक थोपा रगत, जीवन बचाऔँ’ भन्ने नारासहित आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगतको आवश्यकता र स्वैच्छिक रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार रक्त सङ्कलन बढ्दै गए पनि धेरै देशमा सुरक्षित रगतको

Read More

मनसुन ढिलिँदा फेरि बढ्यो गर्मी, तराईमा तातो दिनको सम्भावना

काठमाडौं । मनसुन नेपाल भित्रिन ढिलाइ हुँदा र वर्षा कम भएपछि देशका विभिन्न क्षेत्रमा गर्मी फेरि बढ्न थालेको छ। मौसमविद्का अनुसार आगामी दुई दिन लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। मनसुनी वायु सीमा नजिक पुगे पनि आवश्यक मापदण्ड पूरा नभएकाले मनसुन भित्रिएको औपचारिक घोषणा हुन बाँकी छ।

Read More

कांग्रेसमा सहमतिको प्रयास, असन्तुष्ट पक्षलाई ७ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान र एकता कायम गर्न संस्थापन पक्षले शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई ७ बुँदे सहमति प्रस्ताव पठाएको छ। उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेको प्रस्तावमा विशेष महाधिवेशन, सदस्यता अद्यावधिक र पार्टीका निर्णयलाई स्वीकार गर्ने विषय समेटिएका छन्। यसैबीच, कांग्रेसले छुटेका क्रियाशील सदस्यलाई असार २०

Read More