Home > राष्ट्रिय समाचार (Page 261)

मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गर्नुभएको छ । आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि वस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताउनु भएको हो । आयोगलाई

Read More

प्रदेश नम्वर १ मा युवा प्रवद्र्धन एवम् रोजगार कार्यक्रमको परियोजना सुरु

उर्लाबारी । राष्ट्रिय युवा परिषदको अवधारणाअनुरुप प्रदेश नम्वर १ मा युवा नवप्रवर्तक केन्द्र स्थापना गरेर युवा प्रवद्र्धन एवम् रोजगार कार्यक्रमको परियोजना सुरु गरिएको छ । आज मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले नविनतम सोच लिएका युवालाई आवश्यक परामर्श तथा प्राविधिक एवम् व्यवसायिक तालिम

Read More

सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग गर्नु भएको छ । मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भईरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले संघीय सरकारले अनुगमनसमेत नगरीदिँदा आफ्नो प्रदेश अन्तरगतका सडक आयोजनाहरु

Read More

सरकारद्धारा खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको हो । खसी,बोकाको प्रतिकेजी ५ सय ५० र च्याङग्राको

Read More

बेलबारीमा अत्यावश्यक कागजात विनै व्यवसाय संचालन गरिरहेको फेला

बेलबारी । मोरङको बेलबारीमा गरिएको बजार अनुगमनका क्रममा अधिकांशले अत्यावश्यक कागजात विनै व्यवसाय संचालन गरिरहेको फेला परेको छ । गुणस्तर तथा नापतौल विभाग विराटनगरबाट गएको टोली र नगरपालिकाको उपभोक्ता हकहित संरक्षण र बजार अनुगमन टोलीले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । अनुगमनका क्रममा अधिकांश पसलहरुले मूल्यसूची

Read More

बडादशैं आजदेखि सुरु

नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । यसै अवसर पारेर आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ । बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो । घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा

Read More

विराटनगरमा कोसेली महोत्सव सुरु

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि विराटनगरमा कोसेली महोत्सव सुरु भएको छ । राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ उद्योग संगठन, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सुरु महोत्सवको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । दसैंको अवसर

Read More

दशैं÷तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न दशैं÷तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गर्ने घोषणा गर्नु भएको हो । दसैं,

Read More

प्रदेश २ मा सुरक्षा गोष्ठि

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनसंगै तीन वटै तहको समन्वय र सहकार्यमा सुरक्षाकर्मीको सक्रियता बढेमा अपराधमा न्यूनिकरण हुने दावी गर्नुभएको छ। आज जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को ८ वटै जिल्ला भारतसंगको सिमाक्षेत्रसंग जोडिएको र खुला रहेकाले मुलुकमै विगतमा

Read More

आगामी १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गरिने

काठमाण्डौ । सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । खानेपानी मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो । सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल

Read More