Home > राष्ट्रिय समाचार (Page 279)

राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर आज काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद

Read More

पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : महरा

काठमाडौं, १ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । आज नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं

Read More

सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो

काठमाडौं, ३० पुष । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले

Read More

चिनियाँ राजदुत यान्छीको सभामुख महरासँग भेटवार्ता

काठमाडौं, ३० पुष । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गर्नु भएको छ । नवनियुक्त चिनियाँ राजदुत यान्छीले आज बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यसैगरी

Read More

वाइडबडी विमान खरिद प्रकरणमा देउवा संलग्न रहे/नरहेको छानविन गर्न पौडेलको माग

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे÷नरहेको छानविन गर्न सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै राज्यले छानविन गरी सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउनुपर्ने

Read More

स्वयम्भू पूजारी आवास पुनर्निर्माण कार्य सुरु

काठमाडौं, ३० पुष । विनाशकारी भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले आज एक कार्यक्रमका बीच विश्व सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गर्नु भएको हो । पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको

Read More

सरकारविरुद्ध आन्दोलनमा जाने गजुरेलको चेतावनी

काठमाडौं, ३० पुष । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको

Read More

अर्थव्यवस्थाको कमजोर अवस्थाका कारण देश गम्भीर संकटमा फसेको नेता आचार्यको तर्क

विराटनगर, २८ पुष । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवस्थाका कारण देश गम्भीर संकटमा फसेको बताउनुभएको छ । अर्थतन्त्रको सूचकहरुले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा आचार्यले राष्ट्रबैंकले

Read More

पूर्व राष्ट्रपति डा.रामवरण यादवद्धारा चिन्ता व्यक्त

काठमाडौं, २८ पुष । पूर्व राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्र प्राप्ति पछि पनि मुलुकको अवस्था परिर्वतन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडौमा आज एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा अपेक्षाकृत सुधार आउन नसक्दा आफु दुखी बनेको बताउनुभयो । भ्रष्ट्राचार, वेरोजगारी, महिला हिंसा लगायतका घटनामा कमि

Read More

महिला जागृति वृद्धाश्रमका वृद्धा आमाहरुलाई न्यानो कपडा प्रदान

मोरङ, २८ पुष । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले मोरङको बूढीगंगा गाउँपालिकाको पुष्पलालचोकस्थित महिला जागृति वृद्धाश्रमका वृद्धा आमाहरुलाई न्यानो कपडा प्रदान गरेको छ । प्रतिष्ठानले चिसोका कारण वृद्धाहरुलाई समस्या नहोस् भनेर ब्लाङ्केट लगायतका न्यानो कपडा प्रदान गरेको हो । साहित्य र समाजसेवामा सक्रिय प्रतिष्ठानले वृद्धाआश्रममा आश्रित १२ जना वृद्धा आमाहरुलाई न्यानो कपडा

Read More