Home > राष्ट्रिय समाचार (Page 57)

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

भोजपुर प्रहरीले हतियारसहित विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर सदरमुकामबाट दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाबाट ४ राउण्ड गोली सहित दैलेख दुल्लुका २७ वर्षिय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । थापाका साथबाट गोली सहित २ थान डायरी र पार्टीका

Read More

नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगायो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको

Read More

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म जरिवाना हुने

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ । बिरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापरवाहीपूर्वक संक्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य

Read More

नागरिक उड्डयानसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले नागरिक उड्डयानसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताउनुभएको हो । कार्यक्रममा कर्मचारीहरुले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्री भट्टराईले

Read More

वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण रहेको भन्दै त्यसलाई सच्याएर सहमतिको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने वताउनु भएको छ । प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापति अघि वढन खोजेको आरोप लगाउनुभयो ।

Read More

उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा

Read More

लगानीको वातावरण बने लगानी बढाउन उद्योगी व्यवसायीहरु तयार

उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघले ‘उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले रहरले

Read More

स्वास्थ्यकर्मीले समायोजन र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन नभए आन्दोलन गर्ने

नेपाल स्वास्थ्यकर्मी संघले समायोजन र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धी मांग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन । आज नेपाल स्वास्थ्यकर्मी संघ धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने

Read More

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताउनुभएको हो । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले लाभकर छुटको लागि अर्थमन्त्रालयको स्वीकृति

Read More

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद

अरुण तेस्रो आयोजनाले आफुहरुलाई मुअब्जा नदिएको भन्दै स्थानियले दिदिङदेखि पावरहाउस पुखुवा सडक खण्ड आजदेखि अनिश्चितकालका लागि बन्द गराएका छन् । संखुवासभाको छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको सडकको मुआव्जा नदिएको भन्दैैै स्थानियले बाटो बन्द गराएका हुन् । उनीहरुले अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दा पनि छ्याङकुटीबाट पावरहाउस दिदिङको पुखुवासम्मको २४ किलोमिटर

Read More