Home > राष्ट्रिय समाचार (Page 124)

मधेसका अस्पतालहरूको सेवा प्रवाहबारे स्वास्थ्य मन्त्रालयको अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधेस प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ। मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजसहित गजेन्द्रनारायण सिंह र नारायणी अस्पतालमा परेका गुनासोको छानबिन गर्न टोली खटाएको हो। टोलीले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ अनुसार मापदण्ड पालना भए–नभएको जाँच गर्नेछ। अनुगमन प्रतिवेदन सात दिनभित्र पेश गर्न

Read More

देउवा पक्षलाई महामन्त्री पौडेलको आग्रह: मुद्दा होइन, महाधिवेशनमा केन्द्रित होऔँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्व संस्थापन पक्षलाई अदालत वा मुद्दा मामिलामा जानुभन्दा महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्। दाङमा आयोजित कार्यक्रममा उनले महाधिवेशन नै सबै असन्तुष्टि समाधान गर्ने उपयुक्त माध्यम भएको बताए। महाधिवेशन प्रक्रिया अघि बढिसकेको भन्दै पौडेलले त्यसमा सहभागी भएर आफ्ना विषय राख्न सबैलाई आग्रह गरे।

Read More

सम्पूर्ण छानबिनका लागि तयार छु : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। उनले आफ्ना कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै जिम्मेवारी लिन डर नमान्ने स्पष्ट पारे। सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले “सम्पूर्ण छानबिनका लागि म तयार छु” भनेका छन्।

Read More

२०८२ एमालेका लागि पीडादायी वर्ष, सत्ता ढल्नेदेखि पराजयसम्मका घटना

नेकपा एमालेका लागि २०८२ साल अत्यन्त पीडादायी वर्ष बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नु, निर्वाचनमा पराजय भोग्नु र पार्टी नेतृत्वमाथि कानुनी संकट आउनुजस्ता घटनाले एमाले कमजोर अवस्थामा पुगेको विश्लेषण गरिएको छ। नेताहरूले सत्ता मोह र आन्तरिक कमजोरीका कारण पार्टीको लोकप्रियता घटेको स्वीकार गर्दै आगामी दिनमा सुधार

Read More

सप्राइज चेकिङमा एकैदिन १०१ चालक कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ‘सप्राइज चेकिङ’ अभियानअन्तर्गत एकै दिन १०१ जना सवारी चालकलाई कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना, रातो बत्ती उल्लंघन गर्ने २ जना र लेन अनुशासन तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही

Read More

एमाले नेतृत्वमा ओली हटाउने चर्चा, पूर्वराष्ट्रपति भण्डारीको सक्रियता बढ्यो

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहसबीच फेरि सक्रिय बनेकी छिन्। पार्टी कमजोर अवस्थामा पुगेपछि एमालेको नेतृत्व पुनर्गठनको माग बढिरहेको सन्दर्भमा भण्डारीले नेताहरूसँग भेटघाट र छलफल तीव्र पारेकी छन्। एमालेभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला उनको सक्रियतालाई राजनीतिक पुनरागमनको संकेतका रूपमा हेरिएको छ।

Read More

सरकारी अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली छिट्टै लागू हुने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्यमन्त्री निशा मेहताले छिट्टै सबै सरकारी अस्पतालमा डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्। वीर अस्पतालको अनुगमनका क्रममा उनले परीक्षण रिपोर्ट लिन अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको जानकारी दिइन्। बिरामीको रिपोर्ट ढिलो आउने समस्या समाधान गर्न तथा सेवा प्रभावकारी बनाउन डिजिटल प्रणाली विस्तार गरिने उनको भनाइ

Read More

राप्रपामा असन्तुष्ट पक्षको माग: महाधिवेशन आयोजक समिति गठन गर्न दबाब

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान समिति भंग गरी निष्पक्ष संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ। महामन्त्री धवलशमशेर राणा पक्षधरको बैठकले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न पनि आग्रह गरेको छ। असन्तुष्ट पक्षले पार्टीको कार्यकाल सकिएको र निर्वाचन परिणामको समीक्षा नभएको

Read More

गोरखादेखि जितगढीसम्म नेपाली सेनाको ऐतिहासिक पदयात्रा जारी

नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सञ्चालन गरिरहेको छ, जुन आइतबार तनहुँको व्यास नगरपालिका–११ बेल्टारी आइपुगेको छ। चैत २७ गते गोरखा दरबारबाट सुरु भएको यो पदयात्रा नेपाल एकीकरण मार्ग र ऐतिहासिक गढीहरूको संरक्षण उद्देश्यले गरिएको हो। नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढीमा प्राप्त विजयको स्मरणमा सुरु गरिएको यो यात्रा वैशाख ७ गते बुटवलको

Read More

विद्यार्थी संगठनमाथि हस्तक्षेप भए सरकारको जरो उखेल्ने विप्लवको चेतावनी

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठनलाई कमजोर पार्ने वा खारेज गर्ने प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले विद्यार्थी संगठनहरूलाई सचेतना र परिवर्तनका प्रमुख शक्ति भन्दै आन्दोलनलाई सशक्त बनाउन आग्रह गरेका छन्। विप्लवले विद्यार्थी संगठनको घाँटी निमोठ्ने प्रयास भए सरकारकै जरो उखेलेर फ्याँक्ने चेतावनीसमेत दिएका

Read More