Home > राष्ट्रिय समाचार (Page 86)

३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६

काठमाडौं । घरेल तथा साना उद्योगीहरुले उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ मा सहभागी भएका घरेलु तथा साना उद्यमीहरुले नेपालको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक नयाँ प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

Read More

बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको नेता सिंहको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले आर्थिक बर्ष २०७६÷७७ को बजेटलाई बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको टिप्पणी गर्नुएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राख्नुभएको हो । उहाँले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन

Read More

मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिँदै

विराटनगर । मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिरहेको बताउनुभएको छ । आयोगद्वारा आज विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा बोल्दै उहांले स्थलगत तथ्य संकलनगर्न आयोगको टोली खटिएको बताउनुभयो । उहांले प्रदेश २ मा केहिदिन अघि तथ्य संकलन गरिसकिएको

Read More

विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा नेता गच्छदारको जोड

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बिषयमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुंदै उहांले वर्तमान संबिधानमा सबै खालका शक्ति र राजनितिक पार्टीहरु अटाउनसक्ने बताउनुहुंदै वार्ता नै समस्या समाधानको उत्तम विकल्प रहेको बताउनुभयो । उहांले पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र रहेको

Read More

तराई/मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको राजपाको आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले सरकारले तराई÷मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाउनु भएको छ । नेता यादवले ५२ प्रतिशत जनसंख्या भएको तराई÷मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वय हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

Read More

सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । सांसद डिला संग्रौला पन्तले बैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौ युवाहरु अलपत्र परेको भन्दै श्रम तथा रोजगार मन्त्रीको गम्भीर ध्यानाकर्षण

Read More

सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको नेता कार्कीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको दावी गर्नु भएको छ । काँग्रेस नेता कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गईरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ ? भनि

Read More

तीन महिना भित्र माग सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुका माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको हो । संघले आफूहरुको माग सम्बोधन

Read More

कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने मुख्यमन्त्री राईको भनाइ

इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने बताउनुभएको छ । सुनसरीको इटहरी १ मा २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको शिलन्यास गर्दै राईले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले प्रदेश सरकारले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिएको पनि बताउनुभयो । नेपालको

Read More

कृषियोग्य जमिन बांझो राखेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने मन्त्री अर्यालको भनाइ

विराटनगर । भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कृषियोग्य जमिन बांझो राखेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दे उहांले जग्गाको उपयुक्तताको आधारमा बर्गिकरण गरेर सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहांले मुख्य श्रोतकोरुपमा रहेको भुमिलाई ब्यवस्थापन गर्न सरकारले काम गरिरहेको बताउनुहुंदै कृषियोग्य जग्गालाई

Read More