काठमाडौँमा सुरु भएको अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समिति बैठकले संगठन विस्तार, सदस्यता नवीकरण, शैक्षिक आन्दोलन र एकता प्रक्रियालाई मुख्य एजेन्डा बनाएको छ। बैठकमा संगठनको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्ने तयारी गरिएको छ। नेतृत्वले बैठकबाट संगठनलाई थप बलियो र प्रभावकारी बनाउने महत्वपूर्ण निर्णयहरू आउने जनाएको छ।


