सरकारले सीमावर्ती भारतीय बजारबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमा क्षेत्रको व्यापार र आवागमनमा प्रभाव परेको छ।
कडाइपछि सुनौली, रक्सौल, जोगबनीलगायत बजारमा नेपाली ग्राहक घटेका छन् भने स्वदेशी व्यवसायी उत्साहित देखिएका छन्। तर स्थानीय उपभोक्ताले दैनिक उपभोग्य वस्तुको मूल्य बढेको र सुरक्षाकर्मीको व्यवहारप्रति गुनासो गरेका छन्।
सरकारले तस्करी नियन्त्रण र राजस्व वृद्धि लक्ष्य राखेको भए पनि स्थानीयले घरायसी सामानमा सहजीकरण गर्न माग गरेका छन्।


