नेपाली मूलका पूर्व जेपी मोर्गन चेइस वरिष्ठ उपाध्यक्ष चिरायु राणाले बैंकविरुद्ध न्यूयोर्क अदालतमा मुद्दा दायर गरेका छन्। उनले पूर्व सहकर्मीमाथि यौन दुर्व्यवहार, जातीय भेदभाव र कार्यस्थल शोषणको आरोप लगाएका छन्।
बैंकले भने सबै आरोप अस्वीकार गर्दै आन्तरिक छानबिनपछि कुनै प्रमाण नभेटिएको दाबी गरेको छ। विवाद अहिले अदालतमा विचाराधीन छ।


