अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार पारिएको सम्झौताको मस्यौदा लगभग अन्तिम चरणमा पुगेको बताएका छन्। उनले अमेरिका, इरान र अन्य देशहरूबीच सहमति नजिक पुगेको दाबी गरेका छन्।
प्रस्तावित मस्यौदामा ६० दिनको युद्धविराम विस्तार, होर्मुज जलमार्ग पुनः सञ्चालन, आर्थिक प्रतिबन्ध खुकुलो पार्ने तथा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउने बुँदा समावेश रहेको बताइएको छ। यद्यपि इरानले ट्रम्पको दाबीलाई अपूर्ण भनेको छ।


