Friday, June 05, 2026
Home > खेलकुद समाचार > चोटका कारण ज्याकोब बेथेल आईपीएलबाट बाहिर, बेंगलुरुलाई झट्का

चोटका कारण ज्याकोब बेथेल आईपीएलबाट बाहिर, बेंगलुरुलाई झट्का

रोयल च्यालेन्जर्स बेंगलुरुका इंग्लिस ब्याटर ज्याकोब बेथेल औँलाको चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ का बाँकी खेलबाट बाहिरिएका छन्।

मे १७ मा पन्जाब किंग्सविरुद्ध खेलका क्रममा घाइते भएका बेथेलले त्यसपछि केही खेल गुमाएका थिए। उनले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका थिए।

बेथेलको अनुपस्थितिले प्लेअफमा प्रवेश गरिसकेको रोयल च्यालेन्जर्स बेंगलुरुलाई ठूलो झट्का लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *