एजेन्सी — पाकिस्तान को मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरान बीच उच्चस्तरीय वार्ता शनिबार इस्लामाबाद मा हुने भएको छ।
क्षेत्रीय तनावबीच हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ। शेहबाज शरीफ को पहलमा आयोजना हुन लागेको बैठक सेरेना होटलमा हुनेछ, जहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
अमेरिकी टोलीको नेतृत्व जेडी भान्स ले गर्नेछन् भने इरानी पक्षबाट वरिष्ठ नेतृत्व सहभागी हुने जनाइएको छ। प्रारम्भमा छुट्टाछुट्टै बैठक र त्यसपछि मध्यस्थतामार्फत संवाद अघि बढाइनेछ।
यो वार्ताले मध्यपूर्वको तनाव कम गर्ने वा थप जटिल बनाउने भन्ने विषयमा विश्वको ध्यान केन्द्रित भएको छ।


