काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ले आज (शुक्रबार) दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार सिंहदरबारस्थित कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनबारे मुख्य छलफल हुनेछ।
रास्वपाले उपसभामुखमा रूवीकुमारी ठाकुर लाई समर्थन गरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी की सरस्वती लामा पनि उम्मेदवार रहेकी छन्।
बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुने जनाइएको छ। रास्वपाले हालसम्म मुख्य सचेतक र सचेतक भने तोकेको छैन।


