काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीयदेखि स्थानीय तहसम्मको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
केन्द्रीय कार्यालयले परिपत्र जारी गर्दै वैशाख २६ देखि असार २५ गतेसम्म तय गरिएका पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका सबै निर्वाचन कार्यक्रम रोकिएको जनाएको छ।
प्रशासनले संस्थागत सुधार, विधान संशोधन, नयाँ सदस्यता खुला गर्नुपर्ने र निर्वाचनलाई निष्पक्ष तथा पारदर्शी बनाउनुपर्ने कारण देखाउँदै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।



