Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अनलाइन सुविधा उपलब्ध

आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अनलाइन सुविधा उपलब्ध

काठमाडौँ। निर्वाचन आयोगले आजदेखि स्थगित मतदाता नामावली सङ्कलन पुनः सुरु गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नागरिकहरूले अनलाइनमार्फतै नाम दर्ता गर्न सक्नेछन्।

प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, अनलाइन प्रणालीमार्फत नाम दर्ता, विवरण अद्यावधिक, त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र मतदानस्थल परिवर्तन जस्ता कार्य गर्न सकिन्छ।

निर्वाचन आयोगले योग्य नागरिकलाई सक्रिय रूपमा सहभागी भएर आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *