Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा मिटरब्याजी समूहविरुद्ध बुवाको उजुरी

विराटनगरमा मिटरब्याजी समूहविरुद्ध बुवाको उजुरी

विराटनगर। छोरी फरार भएपछि राजन क्षेत्री कँडेल माथि मिटरब्याजी समूहले धम्की दिएको आरोपमा उनले पाँचजनाविरुद्ध मोरङ प्रहरीमा उजुरी दिएका छन्।

उक्त उजुरीमा एजाज अहमद, विष्णु कुमार साह, आशिष निरौला, भोलेनाथ गुप्ता र प्रवीन जैन लाई प्रतिवादी बनाइएको छ।

कँडेलका अनुसार समूहले नक्कली चेक देखाएर ५ करोडभन्दा बढी रकम माग्दै परिवारमाथि दबाब दिएको हो। आरोपितहरूले व्यक्तिगत लेनदेन भएको दाबी गरेका छन्। मोरङ प्रहरी प्रमुख कवित कटवाल ले उजुरीमा दुवै पक्षबाट तथ्य संकलन भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *