आज चैत्र शुक्ल अष्टमीका दिन देशभर चैते दसैं पर्व मनाइँदैछ। यस अवसरमा भक्तजनले नवदुर्गा भगवतीको पूजा–आराधना गरिरहेका छन्।
चैते दसैं नवरात्रको एक महत्वपूर्ण पर्व हो, जसमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाइन्छ। अष्टमीलाई चैते दसैं र नवमीलाई रामनवमीका रूपमा मनाउने चलन छ।
काठमाडौंको हनुमानढोकासहित विभिन्न शक्तिपीठहरूमा विशेष पूजा र केही स्थानमा बलि दिने परम्परा पनि कायम छ।
यस पर्वमा पूजा–अर्चना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।


