काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १० सांसदको संसदीय समिति हेरफेर गरेका छन्।
बिहीबार जारी निर्णयअनुसार विभिन्न समितिमा रहेका सांसदहरूलाई अन्य समितिमा सरुवा गरिएको छ। सुनुवाइ, राज्य व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा तथा उद्योग समितिमा व्यापक परिवर्तन गरिएको हो।
यो हेरफेर संसद् अधिवेशन सुरु भएपछि सहमतिको प्रस्तावका रूपमा अघि बढाइने बताइएको छ।


