संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान ११:१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् भने श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धी पनि सदनमा पेस गरिनेछ।


