Friday, June 05, 2026
Home > Uncategorized > कुशल भुर्तेलको शतकमा चीनमाथि नेपालको २२१ रनको विशाल जीत

कुशल भुर्तेलको शतकमा चीनमाथि नेपालको २२१ रनको विशाल जीत

एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो।

कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले भने कुशल मल्ल ८५ र रोहित पौडेल ६९ रनमा अविजित रहे। जवाफी ब्याटिङमा चीन १९.२ ओभरमा ९२ रनमै समेटियो।

नेपालका कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *