भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्ण आपतकालीन उद्धार अभ्यास गरिएको छ।
अभ्यासमा विमान दुर्घटना भएको कल्पना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार र अस्पतालसम्म पुर्याउने कार्य गरिएको थियो। सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्य संस्था र विभिन्न सरोकारवाला निकायको संयुक्त सहभागिता रहेको थियो।
विमानस्थलका अनुसार यस्ता अभ्यासले आपतकालीन अवस्थामा समन्वय र उद्धार क्षमतालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।


