Friday, June 05, 2026
Home > आर्थिक समाचार > इन्धन महँगिएपछि सुदूरपश्चिमका ठूला विकास आयोजना प्रभावित

इन्धन महँगिएपछि सुदूरपश्चिमका ठूला विकास आयोजना प्रभावित

महेन्द्रनगर — पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा आएको समस्या कारण सुदूरपश्चिमका ठूला विकास आयोजनाहरू प्रभावित भएका छन्।

निर्माण व्यवसायीहरूले इन्धन, बिटुमिन र अन्य सामग्री महँगो र अभाव भएको भन्दै काम रोक्न थालेका छन्। सेती राजमार्ग दक्षिण खण्ड, महाकाली सिँचाइ आयोजना र महाकाली करिडोरका कामहरू सुस्त वा रोकिएको जनाइएको छ।

निर्माण व्यवसायीहरूले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने भन्दै सरकारसँग राहतको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *