Friday, June 05, 2026
Home > स्थानीय समाचार > सलहेश फूलबारीमा नयाँ वर्षमा भक्तजनको भीड

सलहेश फूलबारीमा नयाँ वर्षमा भक्तजनको भीड

सिराहा — नयाँ वर्ष २०८३ को अवसरमा सिराहाको सलहेश फूलबारीमा आज ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ।

हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल फुलेपछि दर्शन र पूजाका लागि बिहानैदेखि श्रद्धालुहरू पुगेका छन्।

नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतबाट आएका भक्तजनले राजा सलहेशको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका छन्।

सिरहा, १ वैशाखः सलहेश फूलबारी मेलामा भक्तजन सिरहाको लहान नगरपालिकाको सलहेश फूलबारीमा अवस्थित माता मालिन (गहवर)को पूजा आराधना गर्दै भक्तजन । नयाँ वर्ष अर्थात् वैशाख १ गते नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु सलहेश फूलबारी मेला भर्न र हारमको रुखमा फुलेको सुनाखरी फूल हेर्न यहाँ आउने गर्छन्। तस्बिरः सुदीप राउत/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *