इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। बुधबार उनलाई रिहा गरिएको पुष्टि शिशिर खनाल ले गरेका छन्।
उदयपुरका झा दुबईमा जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत थिए। इरानमा इन्धन लिएर फर्किने क्रममा उनी नियन्त्रणमा परेका थिए।
सरकारी निकायले उनको परिवारलाई रिहाइबारे जानकारी गराइसकेको छ।


