काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५९८ चालकलाई कारबाही गरिएको छ। कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन, राइड सेयरिङ नियम उल्लंघन, तीव्र गति, ट्राफिक बत्ती अवज्ञा तथा लेन अनुशासन नमानेका चालकहरू कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले नियम पालना गरी सुरक्षित यात्रा गर्न सबैलाई आग्रह गरेको छ।


