काठमाडौं, जेठ २० — इरानले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानी सैन्य स्रोतका अनुसार यो कदम क्वेस्म टापुस्थित सञ्चार संरचनामाथि भएको अमेरिकी आक्रमणको जवाफस्वरूप चालिएको हो। यद्यपि, अमेरिकी पक्षले इरानका आक्रमणहरू असफल भएको र अधिकांश मिसाइल तथा ड्रोन अवरोध गरिएको जनाएको छ।


