एजेन्सी । मलेसियाको सबाह राज्यको सान्दाकान जिल्लामा भएको भीषण आगलागीमा करिब १ हजार घर जलेर नष्ट भएका छन् भने ९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
आगलागी आइतबार राति पानीमाथि बनाइएका काठका बस्ती (वाटर भिलेज) बाट सुरु भएको बताइएको छ। तीव्र हावा र घना बस्तीका कारण आगो छिटो फैलिएको थियो।
स्थानीय अधिकारीका अनुसार मानवीय क्षति नभए पनि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।
सरकारले पीडितका लागि राहत र अस्थायी आवासको व्यवस्था गरिरहेको जनाएको छ।


