Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानसँगको युद्धमा अमेरिकाको खर्च २९ अर्ब डलर

इरानसँगको युद्धमा अमेरिकाको खर्च २९ अर्ब डलर

एजेन्सी । इरानसँग जारी तनाव र सैन्य कारबाहीमा अमेरिकाले अहिलेसम्म करिब २९ अर्ब डलर खर्च गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

यसअघि अनुमान गरिएको २५ अर्ब डलरभन्दा खर्च झन्डै ४ अर्ब डलर बढी भएको विवरण संसद्को बजेट सुनुवाइका क्रममा सार्वजनिक गरिएको हो।

रक्षा मन्त्रालयका अनुसार बढ्दो सैन्य गतिविधि र पुनः मूल्यांकनपछि कुल खर्च २९ अर्ब डलर नजिक पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *