Friday, June 05, 2026
Home > स्थानीय समाचार > इटहरीमा खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ

इटहरीमा खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ

इटहरी । सुनसरीको इटहरी–१८ रैहिपुरबाट प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित बाबु–छोरालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको छापामारीमा ४८ वर्षीय शीतल चौधरी र उनका २३ वर्षीय छोरा पक्राउ परेका हुन्।

घरबाट लागुऔषध, डिजिटल तराजु, नगद र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *