Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रोल्पा जिप दुर्घटनाः २० जनाको सनाखत

रोल्पा जिप दुर्घटनाः २० जनाको सनाखत

रोल्पा । जलजला क्षेत्रमा वैशाख पूर्णिमाको मेलाबाट फर्किंदै गरेको बोलेरो जिप दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सबैको सनाखत भइसकेको छ।

दुर्घटनामा सिस्ने गाउँपालिका–५ (रुकुम पूर्व), भुमे गाउँपालिका–५ र रुकुम पूर्व तथा दाङ घोराहीका यात्रुहरू रहेका छन्। जिपमा सवार एक जना मात्रै घाइते भएका थिए, जसको उपचारपछि अवस्था सामान्य भई घर फर्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा बालबालिका, महिला तथा चालकसमेत रहेका छन्। शवहरू पोस्टमार्टमपछि परिवारलाई बुझाउने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *